
४ पुष, काठमाडौँ -नेपाली कांग्रेसले सरकार आफ्नै नेतृत्वमा बनाउने तयारी गरेको छ। नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले मतको आधारमा नेपाली कांग्रेसले आफ्नो नेतृत्वको सरकार बन्नुपर्ने र स्वभाविक रुपमा नेपाली कांग्रेस नेतृत्वको सरकार बन्ने भनाई व्यक्त गर्नुभयो।
५७ स्थानबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको कांग्रेसले समानुपातिकबाट भने ३२ सिट प्राप्त गरेको छ। सत्ता गठबन्धनसँग सहकार्य गरेको नेपाली कांग्रेसले अहिले आफ्नै नेतृत्वमा सरकार बन्नुपर्ने दावी सहित तयारी थालेको छ।
Visited 20 times, 1 visit(s) today
