
३ पुष, काठमाडौँ -नेपाली कांग्रेसका नेतृ आर्जु देउवाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि संसदीय दलको नेतामा निर्वाचित हुने बताउनुभएको छ। महाधिवेशनमा सभापतिमा विजय हुनुभएका उहाँ पुर्न एकपटक संसदीय दलको नेतामा निर्वाचित हुने समेत उहाँको भनाई छ।
आज राष्ट्रिय निर्वाचन आयोगले समानुपातिक संसदलाई प्रमाणपत्र वितरण गर्दा समानुपातिक सांसदको सूचीबाट प्रमाणपत्र प्राप्त गर्न सफल हुनुभएका उहाँले सञ्चारकर्मीसँग कुरा गर्नुहुदै आफूलाई ज्योतिष्ट विज्ञानको ज्ञान नभएपनि शेरबहादुर देउवा नै संसदीय दलको नेता हुने बताउनुभएको छ।
अन्य राजनीतिक दलका नेताहरुले संसदीय दलको नेता बन्ने चाहना राखेपनि मतपरिणामको आधारमा नेपाली कांग्रेस पहिलो पार्टी भएकाले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनको सरकार बन्ने समेत उहाँको भनाई छ। नेपाली कांग्रेसका नेताहरुको सन्दर्भमा संसदीय दलको नेतामा उम्मेदवारी दिनु उहाँहरुको अधिकार रहेको र संसदीय दलको नेता बन्ने विषय मतले टुंगो लगाउने उहाँको भनाई छ।
Visited 30 times, 1 visit(s) today
