
१ पुष, काठमाडौँ-राष्ट्रिय निर्वाचन आयोगले निर्वाचनको परिणाम बुझाएसँगै राष्ट्रपति सरकार गठनको लागि आह्वान गर्ने तयारीमा लाग्नुभएको छ। राष्ट्रिय निर्वाचन आयोगले अन्तिम परिणाम बुझाएको ३५ दिनभित्र प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया पूरा गर्नुपर्ने संवैधानिक व्यवस्था बमोजिम राष्ट्रपतिले सरकार गठनको लागि आह्वान गर्ने तयारी गर्नुभएको हो।
‘निर्वाचन आयोगले चुनावी नतिजाको प्रतिवेदन बुझाइसकेकाले राष्ट्रपतिज्यू सरकार गठनमा ढिलाई गर्ने पक्षमा नभएको राष्ट्रपतिका सञ्चार सल्लाहकार टीका ढकालले बताउनुभयो। नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसारको सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ।
Visited 10 times, 1 visit(s) today
