
२४ मंसिर, काठमाडौँ- राष्ट्रिय दलको मान्यता प्राप्त गरेको राप्रपाले प्रतिनिधिसभाको लागि समानुपातिक सांसदमा पूर्वप्रराष्ट्रमन्त्री तथा राप्रपाका पूर्व अध्यक्ष पशुपति शमसेर जबरालाई अघि सारेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभाको समानुपातिक सांसदमा पशुपति शमसेर जबराको नाम निर्वाचन आयोगमा पेश गरेको हो। प्रतिनिधिसभामा सात सिट समानुपातिकबाट पाएको राप्रपाले जबरालाई समानुपातिक सांसदको लागि अघि सारेको हो।
Visited 50 times, 1 visit(s) today
