
२४ मंसिर, काठमाडौँ -नेकपा एमालेले पार्टी विरुद्ध लागेर निर्वाचन अवरोध पुर्याएको भन्दै प्रभू शाह र घनश्याम भुसाललाई आज पार्टीबाट निष्कासित गरिएको छ। नेकपा एमालेको स्थायी कमिटीको बैठकले एमाले नेता प्रभू शाह र घनश्याम भुसाललाई आजको दिनबाट पार्टीबाट साधारण सदस्य नरहने गरी निष्कासन गरेको जनाएको छ।

पार्टीको विरुद्धमा स्वतन्त्र उम्मेदवार दिनुभएकी नेकपा एमालेका केन्द्रिय सदस्य गंगा चौधरी लगायत एमालेका नेताहरु उपेन्द्र शाह,कुन्दन कुशवाह, बद्री न्यौपाने,खेम सुवेदी, लक्ष्मी शाह, भक्तबहादुर अधिकारी,टेकबहादुर बलम्पाटी,रामप्रित रामलाई केन्द्रीय सदस्यबाट पदमुक्त हुने गरी कारबाही गरेको छ। समानुपातिक सांसद को सूचीमा रहेको मुस्लिम सांसद जैनव खातुनलाई पार्टीले निष्कासन गरी कारबाही गरेको नेकपा एमालेका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताउनुभएको छ।
r
Visited 15 times, 1 visit(s) today
