
२१ मंसिर, काठमाडौँ – सत्ता गठबन्धनले मुलुकमा तीन चरणको निर्वाचन भएसँगै शान्ति र स्थायित्व कायम भएको बताएको छ। मतदातालाई धन्यवाद दिँदै निर्वाचनको नतिजाले सत्ता गठबन्धनको दलहरुबिच आपसी सहकार्य र सहमति कायम गरी सरकार गठन गर्ने बताएको छ।

निर्वाचनमा खटिएका कर्मचारी, राष्ट्रसेवक, सुरक्षाकर्मी, राजनीतिक दललाई धन्यवाद दिँदै निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना समेत व्यक्त गरेको छ। सत्ता गठबन्धनले मतदाताले निर्वाचन मार्फत दिएको सन्देशलाई आत्मसात् सत्ता गठबन्धनका दलहरुको आपसी समझदारी र सहयोगको अपेक्षा गर्दै गम्भीर समीक्षाका साथ मुलुकमा विद्यमान चुनौतीहरुको सामना गर्ने बताएको छ।
Visited 17 times, 1 visit(s) today
