
२० मंसिर, काठमाडौँ-सत्ता गठबन्धनमा रहेको जसपाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन गरेको थियो। एमालेसँग गठबन्धन गरेको जसपाले प्रतिनिधिसभा सदस्यमा ७ स्थानमा विजय भएसँगै जसपाका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँग गरिएको गठबन्धन चुनावसम्म मात्र कायम रहने र अब एमालेसँग गठबन्धन नहुने बताएको थियो।
सप्तरीबाट जनमत पार्टीको जितसँगै पराजयको सामना गरेका उपेन्द्र यादवको अभिव्यक्तिप्रति जसपाका वरिष्ठ नेता अशोक राईले असन्तुष्टि व्यक्त गर्नुभएको छ। एमालेसँग सहकार्य गरेर अघि बढ्नुपर्ने उहाँको वरिष्ठ नेताको धारणाको कारण जसपामा थप विवाद चुलिएको छ।
