
१६ मंसिर, काठमाडौँ- अहिले स्याङ्जा क्षेत्र नंम्बर २ को मतगणना गर्ने क्रम जारी नै छ। स्याङ्जा– २ प्रतिनिधिसभातर्फ गठबन्धनतर्फबाट कांग्रेसका धनराज गुरुङले २३१५ मतान्तरसहित अग्रता लिइरहनुभएको छ।
गुरुङले १६ हजार ५३८ मत प्राप्त गर्दा एमालेकी पदमा अर्यालले १४ हजार २२३ मत प्राप्त गरेकी छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकाराज गुरुङले ६ हजार ६५ मत प्राप्त गरेका छन् ।
स्याङ्जाको मतगणनाको मतपरिणामलाई हेर्दा नेपाली कांग्रेसका नेता धनराज गुरुङको अग्रता कायमै छ। यसैगरी नेकपा एमालेकी नेतृ पद्मा अर्यालले गुरुङलाई केही मतले पछयाईरहनुभएको छ।
Visited 6 times, 1 visit(s) today
