
११ मंसिर, काठमाडौँ-लमजुङ्ग जिल्लाको नेपाली कांग्रेसका सभापति डां-टंकराज गुरुङ लमजुङ क्षेत्र नंम्बर क बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ। लमजुङ क्षेत्र नंम्बर क बाट निर्वाचित हुनुभएका डां-गुरुङ्गले मतदाता, शुभेच्छुक, सञ्चारजगत, निर्वाचनमा सहयोग गर्नुभएको सबैलाई धन्यवाद व्यक्त गर्नुहुँदै फेसबुकमा स्टाटस लेख्नुभएको छ। उहाँले लेख्नुभएको फेसबुक स्टाटस पढ्नुहोस्।
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचनको क्रममा अहाेरात्र खट्नुहुने लोकतान्त्रिक-बाम गठबन्धनका सम्पुर्ण अग्रज एवं साथीहरू, सम्पुर्ण मतदाताज्युहरू, निर्वाचनका क्रममा खटिनुभएका राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षाकर्मी एवं पत्रकार मित्रहरूहरूमा मेराे ब्यक्तिगत र नेपाली काँग्रेस पाटीकाे तर्फबाट हार्दिक धन्यवाद एवं अाभार प्रकट गर्दछु । निर्वाचनले अाशिंक नतिजा दिएको छ । हाम्राे अथक मेहनत र प्रयासका बाबजुत पनि प्रतिनिधिसभा सदस्यमा नेकपा माअाेवादी केन्द्रका महासचिव देवप्रसाद गुरूङ पराजित हुनुभएकाेमा अत्यन्त दु:खी छु । उहाँ जत्तिकाे शालिन र केन्द्रीय राजनीतिमा प्रभावशाली ब्यक्तित्वकाे हामीलाई खाँचाे छ, खाँचाे रहिरहनेछ । जिल्लाकाे समग्र बिकासका लागि हामी अग्रगामी साेचका साथ अगाडि बढ्नेछु । निर्वाचनको क्रममा गरेका बिकास निर्माणका बाचाहरू पूरा गर्नेनै छु, तपाईंको सुखदुःख हरेकपल तपाईंहरूकाे साथमै हुनेछु । म प्रतिकाे बिश्वास अनि भराेसालाई कुनैपल पनि डगमगाउन दिने छैन् । अन्तमा, प्रदेशसभा ‘ख’ मा बिजयी मित्र भेषबहादुर पाैडेल र प्रतिनिधिसभा सदस्यमा निर्वाचित पृथ्वीसुब्बा गुरूङलाई हार्दिक बधाई ब्यक्त गर्दछु । जयनेपाल !
Visited 17 times, 1 visit(s) today
