Fast Nepal News

राप्रपाका नेतृ रेखा थापाद्धारा मोरङ्ग क्षेत्र नंम्बर ३ का मतदातालाई धन्यवाद व्यक्त

banner single news
१० मंसिर, काठमाडौँ-मोरङ्ग क्षेत्र नंम्बर ३ बाट उम्मेदवारी दिनुभएका राप्रपाको नेतृ रेखा थापाले मोरङ्ग क्षेत्र नंम्बर ३ का मतदाता र शुभेच्छुकलाई धन्यवाद व्यक्त गर्नुभएको छ।
फेसबुकमा स्टाटस लेख्दै राप्रपाका नेतृ रेखा थापाले मतदाता र शुभेच्छुकलाई व्यक्त गर्नुभएको धन्यवाद पढ्नुहोस्।
मोरङ क्षेत्र नम्बर ३ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्मा विजयी हुनुभएको छ । उहाँलाई जितका लागि बधाइ र शुभकामना दिन्छु । यो क्षेत्रका नागरिकका सुख दुखमा उहाँ सँधै साथ हुनुहुनेछ भन्ने विश्वास गरेको छु । यो क्षेत्रबाट म पनि राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेदवार थिएँ । मलाई माया र विश्वास गरेर मतदान गर्नुहुने १० हजार ९८९ जना मतदातालाई हार्दिक नमन गर्न चाहन्छु । मलाई सँधै हौसला दिने अन्य हजारौँ नागरिकप्रति म सँधै कृतज्ञ रहिरहनेछु । निर्वाचनका क्रममा अनेकौँ अनुभव हासिल गरेको छु । उम्मेदवार हुँदै गर्दा जित्नुपर्छ भन्ने लाग्नु अस्वभाविक होइन ।
तर निर्वाचित हुने एक जना मात्र हो। राजनीति लामो समयको यात्रा हो। यसमा जित्नु वा हार्नुको मात्र अर्थ रहँदैन पनि । सांसद मात्र बन्ने चाहना हुँदो हो त म प्रत्यक्ष निर्वाचन नलडी सांसद बन्न सक्ने धेरै सजिलो अवसर मेरा सामु थियो । मैले त्यो अवसरको लोभ नगरि प्रत्यक्ष उम्मेदवार बनेको थिएँ । यसका धेरै अर्थ थिए र छन् भन्ने लाग्छ । खैर, बाँकी कुराहरु गर्दै जाउँला । निर्वाचनबाट पराजित हुँदैमा म अब तपाईँहरुबाट टाढा हुने नसोच्नु होला । मेरो निर्वाचन क्षेत्रका हरेक सुख दुख बाँड्न म सँधै सँगै हुनेछु । यो निर्वाचनबाट निर्वाचित सुनिल शर्माजीका राम्रा काममा काँधमा काँध मिलाउनेछु तर बाटो बिराए बिना हिच्किचाहट खबरदारी गर्नेछु । आदरणीय मोरङ ३ का बासिन्दाहरू यसपटक निर्वाचन जितेर तपाईँहरुका आवाज संसदमा राख्ने अवसर नपाएपनि तपाईँले अब आफ्ना आवाज थप बलियो बनाउने मान्छेका रुपमा मलाई पाउनुहुनेछ । हाम्रो सहकार्य र हातेमालो पनि कायमै रहनेछ ।
Inside Article Ads
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.