Fast Nepal News

रुपन्देही क्षेत्र नंम्बर ३ बाट राप्रपाको नेता दीपक बोहोरा प्रतिनिधिसभा सदस्यमा निर्वाचित

banner single news
१० मंसिर,काठमाडौँ राप्रपाका नेता दीपक बोहोरा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ। नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाणलाई बोहोराले २५ सयभन्दा बढी मतले पराजित गर्दै उहाँ रुपन्देही क्षेत्र नंम्बर ३ बाट निर्वाचित हुनुभएको हो।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित दिपक बोहराले ३६ हजार  ७ सय १७ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो। यसैगरी नेपाली कांगेसका नेता बालकृष्ण खाणले ३४ हजार  ३६ मत प्राप्त गरी निर्वाचनमा पराजित हुनुभएको हो।बोहरा खाणभन्दा २६ सय ४२ बढी मत प्राप्त गरेर निर्वाचनमा विजयी हुनुभएको हो।
Inside Article Ads

Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.