
९ मंसिर, काठमाडौँ -हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिन्ह लिएर काठमाडौं क्षेत्र नंम्बर ६ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएका मुकुन्द सिलवालले काठमाडौँ क्षेत्र नंम्बर ६ का सम्पूर्ण मतदातालाई धन्यवाद व्यक्त गर्नुभएको छ।
फेसबुकमा स्टाटस लेख्नुहुदै उहाँले काठमाडौँ क्षेत्र नंम्बर ६ का मतदातालाई धन्यवाद व्यक्त गर्नुभएको हो। काठमाडौँ क्षेत्र नंम्बर ६ का मतदाता, शुभेच्छुकलाई उहाँले व्यक्त गर्नुभएको धन्यवादको शब्दहरू हामीले प्रस्तुत गरेका छौँ। समाज रुपान्तरणको यो यात्रामा आफ्नो अमुल्य मत दिनुुहुने मेरा सबै निर्वाचन क्षेत्र न.६ का न्यायप्रेमी आमाबुबा,दाजुभाइ तथा दिदिबहिनीहरु सबैमा नमस्ते हजुरहरुको न्यानो माया, साथ, समर्थन र यो हौसला प्रति म नतमस्तक छु।आगामी दिनहरुमा हजुरहरुको आवाज लाई सडक बाट निरन्तर संघर्ष गर्नेछु, मेरो निर्वाचन क्षेत्र न.६ मा खसेको लौरो को ५४४ मत यी दलाल,भ्रष्ट,अपराधीहरूलाई खबरदारी गर्न सक्ने बलियो अभिमतको रूपमा ग्रहण गरेको छु यो आवाज बिहिन हरु को आवाज हो,अन्याय,अत्याचार र बेथिति बिरुद्ध लड्न सधैं हजुरहरु को साथमा हुनेछु।धन्यवाद।
उहाँले यस निर्वाचनलाई पराजयको रूपमा स्वीकार नगरी जनताको सेवा गर्ने दृढ संकल्प लिएर अघि बढ्ने धारणा व्यक्त गर्नुभएको छ।
