Fast Nepal News

प्रधानमन्त्रीमा आफूले दाबी गर्ने कांग्रेसका महामन्त्री गगन थापाको भनाई

banner single news
९ मंसिर, काठमाडौँ -काठमाडौ क्षेत्र नंम्बर ४ का नवनिर्वाचित सांसद गगन थापाले प्रधानमन्त्री पदमा दाबी गर्ने घोषणा गर्नुभएको छ। कांग्रेसका महामन्त्री थापाले चुनावी तयारी गर्दादेखि नै अब आफूले प्रधानमन्त्रीमा दाबी गर्ने बताउनुभएको थियो।
‌ संसदीय दलको आफूले नेतृत्व गर्ने बताउनुभएको थापाले आफूले पार्टीभित्रका केही नेता तथा निर्वाचित सांसदहरूसँग कुराकानी गर्ने र संसदीय दलको नेता चुनिन सहयोगका लागि सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलदेखि शेखर कोइरालासँग छलफल गर्ने तयारीमा जुट्नुभएको छ।
अब नेपाली‘कांग्रेसले नयाँ सरकार दिँदै गर्दा नयाँ सोच, नेतृत्व र नयाँ शैली दिएन भने पार्टीले ठूलो क्षति बेहोर्नुपर्छ भन्ने कुरा मतपरिणामले देखाएको बताउँनुहुदै अहिले देशको नेतृत्व गर्न सफल र सबल नेतृत्व गरी युवाले राज्य सत्ता सञ्चालन गर्नुपर्ने उहाँको भनाई छ। वृद्ध पुस्तालाई राजनीतिक यात्राबाट विश्राम दिएर युवा पुस्ताले देशको नेतृत्व गर्नु आजको आवश्यकता रहेको हुनाले प्रधानमन्त्री पदमा आफूले दाबी गर्ने कांग्रेसका महामन्त्री गगन थापाले बताउनुभएको छ।

Inside Article Ads
Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.