Fast Nepal News

ललितपुर क्षेत्र नंम्बर ३ का मतदातालाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित माननीय सांसद डां- तोसिमा कार्कीद्वारा धन्यवाद व्यक्त

banner single news

९ मंसिर, काठमाडौँ:-ललितपुर क्षेत्र नंम्बर ३ का नवनिर्वाचित सांसद तोसिमा कार्कीले ललितपुर क्षेत्र नंम्बर ३ का मतदाताले अत्यधिक बहुमत दिएर विजय गराएकोमा धन्यवाद दिनुभएको छ। फेसबुकमा लामो स्टाटस लेख्दै उहाँले सबै मतदातालाई निर्वाचित गरेर जनताको सेवा गर्ने अवसर दिनुभएकोमा धन्यवाद व्यक्त गर्नुभएको हो।

ललितपुर क्षेत्र नंम्बर ३ का नवनिर्वाचित सांसद तोसिमा कार्कीले फेसबुकमा स्टाटस लेख्दै मतदाता र शुभेच्छुकलाई व्यक्त गर्नुभएको सन्देश पढ्नुहोस्।

समस्त आदरणीय,प्रियजन,आत्मीयजन र मतदाता महानुभावहरूमा नमस्कार अभिवादन ! ललितपुर क्षेत्र न. ३ बाट मलाई प्रतिनिधि सभाको निर्वाचनमा आफ्नो अमूल्य मत प्रदान गरी अनुमोदन गराइदिनु भएकोमा समस्त आमाबुबा,दिदीबहिनी, दाजुभाइमा हृदयदेखि आभार प्रकट गर्दछु l आफ्नी छोरीलाई राजि खुसी देश सेवामा सुम्पने मेरा बाबा ममि प्रति हार्दिक नमन| विविध तवरले मलाई साथ दिनु हुने सबै मेरा भगवानरूपी मतदाता मेरा अजस्र प्रेरणाका स्रोत,सम्पति र सामर्थ्य हुन् l हजुरहरुको यो विश्वासलाई म कहिल्यै भुल्ने र अपमान गर्ने छैन l न्यायलय, विद्वान् अधिवक्ता ज्यूहरू साथै निर्वाचन आयोग र निर्वाचनमा खटिएका कर्मचारीहरुलाई पनि मेरो धन्यवाद छ| नेपाली मिडिया र सन्चारकर्मीहरूले दिनु भएको साथ अतुलनिय छ| सुरक्षाकर्मी साथीहरुलाई पनि धन्यवाद| देश तथा विदेशबाट मैले पाइरहेको माया प्रेम स्नेह आँट भरोसा विश्वास प्रति कृतज्ञ छु| प्रजातान्त्रिक पद्दतिको यो प्रतिस्पर्धामा मैले बढी मत प्राप्त गरे यसको मतलव यो हैन कि म सर्वाधिकारसम्पन्न बनें l त्यसैले जित हारको सवाल नभएर यो प्रतिनिधित्वको सवाल हो l लोकतान्त्रिक आचरणले कसैलाई पनि पराजय भएको मान्दैन त्यसैले तपाई हामी सबैले देश र जनतालाई जिताउने अभिभारा लिएका छौँ| आजसम्म मेरो टिममा बसेर अहोरात्र भोक प्यास निन्द्राको पर्वाह नगरी खटिने मेरा साथीहरूलाई पनि मन र मस्तिष्कले साधुवाद भन्दछुl यो अपार माया , यो अत्याधिक मत, तपाईंहरुको म प्रतिको विश्वास लाई मैले जीत को रूप मा भन्दा पनि “जिम्मेवारी” को रूपमा लिएको छु | अहिले मलाई बधाई होइन हामीले तपाईं हरू समक्ष गरेका वाचा पत्र अनुसारको काम गर्न को लागि शुभकामना दिनु होला| साथै निरन्तर साथ माया खबरदारी र पहरेदारी पनि गरिदिनुहोला| जीत त त्यो दिन हुनेछ जुन दिन हामीले वाचा गरेका काम पूरा हुनेछ ! त्यो दिन देशले हजुरहरुलाई बधाई दिनेछ, आहा! सहि उम्मेदवार छान्नुभएछ भनेर ! आगामी पाँच वर्ष जनतासँग गरेको वाचाहरु पूरा गर्न ईमान्दार रहि वफादार सेवकको रुपमा कटिवद्द रहँदै समस्या र समाधान बिचको परिपक्क पुल बन्ने प्रतिवद्दता गर्दछु साथै पुन एक पटक सबै प्रियजनमा हार्दिक धन्यवाद अर्पण गर्दछु| उहि हजुरहरुले आशा भरोसा गर्नुभएकी प्रतिनिधि डा. तोसिमा कार्की |
Inside Article Ads
Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.