
९ मंसिर,काठमाडौं :-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल गोरखा क्षेत्र नंम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित हुनुभएको छ। निर्वाचित भएलगत्तै गोरखामा आयोजित सभामा उहाँले सम्बोधन गर्नुभएको छ।
आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धन दलहरू बीचको बहस र आन्दोलनले देशलाई दुर्घटनामा जानबाट जोगाएको बताउनुभयो। निर्वाचनमा गठबन्धनले सोचेजस्तो परिणाम नआएको बताउँनुहुदै उहाँले यस विषयमा गठबन्धनमा सामेल दलहरुबीच छलफल गर्नेसमेत धारणा व्यक्त गर्नुभयो।
