Fast Nepal News

काभ्रे क्षेत्र नंम्बर २ बाट गोकुल बास्कोटा प्रतिनिधिसभा सदस्यमा निर्वाचित

banner single news

९ मंसिर, काठमाडौँ -नेकपा एमालेका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ। नेता बास्कोटाले मुख्य प्रतिस्पर्धी लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंसँग पाँच हजार आठ सय ६३ मतान्तरले फराकिलो अग्रता बढाउदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो।

 

नेता बास्कोटा ४५ हजार तीन सय ४५ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो भने उहाँको प्रतिस्पर्धी हुमागाईंले ३९ हजार चार सय ८२ मत प्राप्त गरी निर्वाचनमा पराजित हुनुभएको हो। २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको बास्कोटा यस अहिले पनि काभ्रे क्षेत्र नंम्बर २ बाट निर्वाचित हुन सफल हुनुभएको हो।

Inside Article Ads
Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.