Fast Nepal News

मकवानपुर क्षेत्र नंम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवार दिपक सिंहको अग्रता

banner single news
८ मंसिर, काठमाडौँ मकवानपुर क्षेत्र नंम्बर १ मा राप्रपाका नेता दिप सिंहले अग्रता लिनुभएको छ।नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’लाई पछि पार्दै राप्रपाका दीपक सिंह निर्वाचनमा विजयको नजिक नजिक पुग्नुभएको छ। मतगणनाको सुरुवातदेखि तेस्रो स्थानमा रहनुभएका सिंह अन्तिममा आएर पहिलो स्थानमा पुग्नुभएको छ।
मतगणना अन्तिम चरणमा प्रवेश गर्दा उहाँले लिड गर्दै अग्रता बढाउनुभएको हो। कुल ८४ हजार ५ सय ६८ मत गन्दा राप्रपाका नेता सिंहले २५ हजार ६५ मत प्राप्त गर्नुभएको छ भने उहाँको प्रतिस्पर्धी उपाध्यायले २४ हजार ३३० मत प्राप्त गरी द्रोसो स्थानमा हुनुहुन्छ। यसैगरी नेकपा एमालेका उम्मेदवार कमल थापाले २३ हजार ७१४ मत ल्याएर तेस्रो स्थान हासिल गर्नुभएको छ। मतपरिणामलाई मध्यनजर गर्दै गर्दा राप्रपाको नेता दिपक सिंहको जित हुने सुनिश्चित देखिएको छ।
Inside Article Ads
Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.