
८ मंसिर, चितवन-चितवन क्षेत्र नंम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने ४९,२६४ मत ल्याई निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ।
उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ १४,९८३ मत ल्याएर द्रोसो स्थान हासिल गर्नुभएको छ। यसैगरी नेकपा एमालेको नेता कृष्णभक्त पोखरेलले १४,६४७ मत प्राप्त गरी तेस्रो स्थान हासिल गर्न सफल हुनुभएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने आफू निर्वाचनमा विजय भएर संसदमा परीक्षा दिन जानलागेको धारणा व्यक्त गर्नुभयो। परीक्षाको नतिजा ५ वर्षपछि आउने धारणा व्यक्त गर्नुहुदै उहाँले चितवन क्षेत्र नंम्बर २ का सम्पूर्ण मतदातालाई धन्यवाद व्यक्त गर्नुभएको छ।
Visited 29 times, 1 visit(s) today
