Fast Nepal News

राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन जित्नु कुनै आश्चर्यको कुरा होईन-गणेश पराजुली

banner single news
८ मंसिर, काठमाडौँ- काठमाडौँ क्षेत्र नंम्बर ७ का नवनिर्वाचित सांसद गणेश पराजुलीले राष्ट्रिय स्वतन्त्र पार्टीको जित भएपनि यसमा कुनै आश्चर्य नभएको बताउनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको जित स्वाभाविक रहेको बताउँनुहुदै यसमा कुनै आश्चर्यजनक मान्नुपर्ने कुनै कारण नरहेको उहाँको भनाई छ।
नागरिकले विकास र समृद्धिको अपेक्षा गर्दै यथास्थितिको विकल्पमा सशक्त रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएकोसमेत उहाँको भनाई छ। देशको मुहार परिवर्तनका लागि आफ्नो पार्टीसँग स्पष्ट मार्गचित्र नै राष्ट्रिय स्वतन्त्र पार्टीको एजेन्डा भएको उहाँको भनाई छ। मुलुकलाई यथास्थितिको सरकार बनेर हुँदैन, सुशासनको अनुभूति दिने सरकार बन्नुपर्छ भन्ने काठमाडौँ क्षेत्र नंम्बर ७ बाट नवनिर्वाचित सांसद गणेश पराजुलीको भनाई छ।

Seen by Prakash Kapali at 11:28 AM
Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.