
८,मंसिर-भक्तपुर भक्तपुर-१ मा नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल भारी मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ। केहीबेर अघि सकिएको मतगणनामा सुवालले झण्डै ४२ हजार मत प्राप्त गरेको भक्तपुर १ का मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोताले जानकारी दिनुभयो। देश र जनताको सवालमा सडक, सदनमा आवाज बुलन्द गर्दै आउनुभएको उहाँ २०७४ सालको प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो।

Visited 10 times, 1 visit(s) today
