
६ मंसिर, काठमाडौँ काठमाडौं क्षेत्र नंम्बर ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल विजयी हुनुभएको छ। भर्खरै सार्वजनिक अन्तिम परिणाममा पौडेलले ५ हजार ६५ मतको अन्तरले नेकपा (एमाले) का ईश्वर पोखरेललाई पराजित गर्नुभएको हो। नेपाली कांग्रेसका उम्मेदवार पौडेलले १५२३७ मत ल्याएर विजयी हुनुभएको छ भने नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेलले १०१७२ मत ल्याएर पौडेलसँग पराजित हुनुभएको छ।
०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नेकपा एमालेका ईश्वर पोखरेल काठमाडौँ क्षेत्र नंम्बर ५ बाट विजय हुनुभएको थियो। अहिलेको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा उहाँ काठमाडौँ क्षेत्र नंम्बर ५ बाट पराजित हुनुभएको छ।
Visited 9 times, 1 visit(s) today
