Fast Nepal News

सोचे भन्दा राम्रो प्रतिक्रियाले उत्साहित छु-राजेन्द्र बजगाई

banner single news

२९ कार्तिक, काठमाडौँ गोरखा – प्रतिनिधि सभा सदस्य उम्मेदवार, गोरखा संघीय क्षेत्र नः १ का लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार ले मतदाता भेटघाटलाई तिब्र पार्नुभएको छ। चुनावको मिति नजिकिदै जाँदा राजेन्द्र बजगाई ले चुनावी अभियानलाई तिब्रता दिनुभएको छ। एकै दिन दर्जन भन्दा बढी भेटघाट गरेका उनले आफुले जनताको ब्यापक समर्थन पाएको बताउनुभयो।नेपाली कांग्रेस बाट चुनावमा होमिएका बजगाई चुनावी अभियानको क्रममा गोरखा संघीय क्षेत्र नः १ को सबै क्षेत्रमा एकसरो कार्यक्रम गरिसक्नुभएको छ भने अहिले छुटेका ठाउँमा भेटघाटलाई तिब्र पारेको जानकारी दिनुभयो।

जनताको घरदैलो अभियानमा लागेका जनताले भोगेका समस्यालाई टिपोट गर्दै तत्काल सम्बोधन गर्न सकिने समस्यालाई समाधान गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।गोरखामा शालिन र इमान्दार नेताको छवि बनाएका बजगाई आफुले चुनाव जित्नेमा आफू ढुक्क रहेको उहाँको भनाई छ। भुँइतहका जनताको समस्यालाई नजिकबाट बुझ्नको लागि मतदाताको घर र टोलटोल पुगेका बजगाईले गठबन्धनको पूर्ण साथ र सहयोग रहेको बताउनुभएको छ ।जनताको समस्यालाई आफ्नै समस्या ठान्ने उनले जनताको सेवा नै आफ्नो मुख्य उदेश्य रहेको बताउदै आफ्नो क्षेत्रको विकास र समृद्धिको लागि निरन्तर लाग्ने बताउनुभएकाे छ।

Inside Article Ads

कृषि, पर्यटन र सडक विस्तारमा जोड दिदै गोरखा क्षेत्र नंम्बर १ मा प्रभावकारी रुपमा विकासका गतिविधिहरू अघि बढाउने समेत उहाँको धारणा छ। मौलिक परम्परा र संस्कृतिको संरक्षण गर्दै वन्यजन्तु र प्राकृतिक स्रोत र साधनको प्रयोग गरी जनताको सुझाव अनुरुप विकासका कार्यलाई अघि बढाउने विषयमा लोकतान्त्रिक गठबन्धन गोरखा क्षेत्र नंम्बर १ का उम्मेदवार राजेन्द्र बजगाईले आफ्नो क्षेत्रका विकासका कार्यलाई समावेश गर्दै आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ।

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.