
२८ कार्तिक, काठमाडौँ-चुनावी प्रचारप्रसारमा रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज चितवनको चुनावी सभामा सम्बोधन गर्नुभएको छ। चुनावी सभामा सम्बोधन गर्दै गर्दा उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार र लोकतन्त्रिक गठबन्धनप्रति व्यंग गर्नुभएको छ।
रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका युवा जमात मंसिर ४ गतेका लागि कुदडै घण्टी बजाएको भन्दै उहाँले व्यंग गर्नुभएको छ। त्यसैगरी गठबन्धनले घण्टी बजाउँदा सहन नसकेर ढुंगा हानेको भन्दै गठबन्धनको गलत कार्यप्रति उहाँले व्यंग्य गर्नुभएको छ। युवा हो मंसिर ४ गतेसम्म चुनावी प्रचार गर्ने भन्दै उहाँले लोकतान्त्रिक गठबन्धनको कार्यकर्ताले ढुंगा प्रहार गर्न नहुने समेत उहाँको धारणा छ।
Visited 15 times, 1 visit(s) today
