
२८ कार्तिक,काठमाडौँ-लमजुङ जिल्ला नेपाली कांग्रेसका सभापति रहनुभएका प्रदेश सभा सदस्यका उम्मेदवार डां टंकराज गुरुङ जनतामाझ मतको अपेक्षा गर्दै घरदैलो कार्यक्रममा व्यस्त हुनुभएको छ। घरदैलोमा व्यस्त हुनुभएका डां गुरुङले विगत ५ वर्ष अघिको नेतृत्वलाई विजय गराए लमजुङ क्षेत्रको विकासमा आच आउने बताउँनुहुदै यस पटकको निर्वाचनमा एकपटक लोकतान्त्रिक गठबन्धनलाई विजय गराउन लमजुङका मतदातालाई आग्रह गर्नुभयो।
विगतको नेतृत्वले यस लमजुङ क्षेत्रमा गरेका कामको मूल्यांकन गर्न आग्रह गर्नुहुदै उहाँले यसपटक लमजुङ क्षेत्रमा पर्यटन विकास गर्न, बेरोजगारी समस्या समाधान गर्न, सडकहरू निर्माण गर्न लगायत जनताको ईच्छा अनुकूलको विकासको काम गर्न लमजुङ क्षेत्र नंम्बर क बाट रुख चिन्हमा मतदान गरी लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन उहाँले लमजुङ क्षेत्रको मतदातालाई आग्रह गर्नुभएको छ। यसैगरी निर्वाचन आउन धेरै समय बाँकी नरहेको कारण उहाँ जनतामाझ मतको अपिल गर्दै आफ्नो प्रतिबद्धता व्यक्त गर्न उहाँले आफ्नो अमूल्य समय चुनावी प्रचारप्रसार र सभामा बिताईरहनुभएको छ
Visited 9 times, 1 visit(s) today
