Fast Nepal News

पूर्वाधार विकास, स्वास्थ्य र शिक्षामा क्षेत्र नम्बर ६ का मतदातालाई सहज सेवा उपलब्ध गराउने प्रतिवद्धता :- भिमसेनदास प्रधानको

banner single news

निर्वाचनको सन्दर्भमा बिहीबार शिक्षाविद् हरिसिंह केसीले आयोजना गरेको बरिष्ठ सञ्चारकर्मीहरुसंगको भेटघाट कार्यक्रममा निर्वाचनमा आफुले विशेषगरि पूर्वाधार विकास, स्वास्थ्य र शिक्षामा यस क्षेत्रका मतदातालाई सहज सेवा उपलब्ध गराउने प्रतिवद्धताकासाथ अघि बढेको प्रधानले बताएका छन । उनले क्षेत्रको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा जोड दिएर यो निर्वाचन क्षेत्रलाई नमुना सांस्कृतिक सहरको रुपमा परिचित गराउने आफ्नो लक्ष्य रहेको बताए ।

आफ्नो क्षेत्रका मतदातालाई आइपर्ने हरेक समस्यामा आफुले सक्दो सहयोग गर्ने संकल्प बोकेर जनताको घरदैलोमा निश्किएको भन्दै उनले नेपाली काँग्रेसले आफ्नो घोषणापत्र मार्फत मुलुकवासीकालागि अघि सारेका विभिन्न लक्ष्य पुरा गराउने कार्यमा आफुले सक्दो प्रयास गर्ने बताए । यसपाली सबैको सहयोग र मायाँले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफुले भारि मत ल्याएर विजय हुने दावी गर्दै उनले आफु विजयी भएर आएपछि काठमाडौँ क्षेत्र नम्बर ६ का नागरिकले सरकारी अड्डा र विकास निर्माणमा सहज सेवा प्राप्त गर्ने वातावरण बनाउने संकल्प गरे ।

Inside Article Ads

२०४८ सालदेखि आफुले यस क्षेत्रमा नेपाली काँग्रेसको तर्फबाट राजनीति गर्दै आएको र अहिलेसम्म यहाँका जनताले निकै मायाँ गरेको स्मरण गर्दै उनले यो निर्वाचनमा पनि आफुलाई विजयी गराउन सबैको सहयोग र सहकार्य रहने अपेक्षा गरिएको बताए । शिक्षविद् हरिसिंह केसीले लोकतन्त्रको रक्षा गर्दै समाजबाद प्राप्तिको लक्ष्य हासिल गर्न प्रधानले यसपटक निर्वाचन जित्नुपर्ने बताए ।काठमाडौ क्षेत्र नं ६ मा आफ्नो जित सुनिश्चित भएको प्रधानले बताए

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.