
काठमाडौ ।आगामी मंसिर ४ गते हुने निर्वाचनमा काठमाडौ क्षेत्र नं. ७ प्रतिनिधी सभा सदस्य स्वतन्त्र उम्मेदवार हेम बहादुर ढुंगेल(आक्रोश) तिहार लगत्तै घरदैलोमा व्यस्त हुनुभएको छ । युवा उम्मेदवार ढुंगेल तिहार लगत्तै आज बाट घरदैलो कार्यक्रमलाई निरन्तरता दिन बालाजु ,बाइपास ,माछापोखरी एरियाको मतदाताको घरदैलोमा पुग्नुभएको छ । मूलधारका राजनीतिक दलले निराशाजनक कार्यसम्पादन गरेको भन्दै ढुंगेलले सुविधासम्पन्न अस्पताल निर्माण गर्ने, क्षेत्रभरी शुद्ध खानेपानी पु¥याउने, सबै बासीलाई गुणस्तर एवम् सीपमुलक शिक्षा प्रदान गर्ने तथा भ्रष्टाचार रहित समाज निर्माण गर्नेलगायतका प्रतिवद्धता लिएर उहाँ जनताको घरदैलोमा पुग्नुभएको हो ।
उहाँले उद्यमशीलता र रोजगारी प्रदान गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने, सामाजिक सुरक्षा भत्ता घरघरमा पु¥याउने, ७ नम्बर क्षेत्रभर फोर जी सहितको टेलिफोन नेटवर्क र २४ सै घण्टा विद्युतको आपूर्ती व्यवस्था मिलाउने क्षेत्रमा रहेको १० वटै वडामा विकासमा सुरु भएका महत्त्वपूर्ण योजनाहरू अझै पनि केही अपूरा रहेकाले त्यी योजनालाई पूर्णता दिन ,युवाहरुलाई राजनीतिमा आकर्षण गर्नको लागि दण्डहीनता, कुशासन, भ्रष्टाचार र हरेक खालको अन्याय र अत्याचारको विरुद्धमा आफ्नो उम्मेदवारी रहेको बताएका छन हेम बहादुर ढुंगेल(आक्रोश) काठमाण्डौ ७ मा “छत्रेटोपी” चुनाव चिन्ह लिएर मैदानमा उभिएका छन ।
निर्वाचनका लागि १६ स्वतन्त्र र १३ राजनीतिक दलको सहभागिता रहेको क्षेत्रमा क्षेत्रपाटी, ठमेल, बालाजु, नयाँबजार, सोह्रखुट्टे, म्हैपी, टौडोल, माछापोखरी, वनस्थली, ढल्को, धोबीचौर, ठैँटी, नरदेवी, भुरुञ्खेल, ढोकाटोल, मच्छिन्द्रटोल, न्ह्यौखा, तीनपिप्ले, पुरानो गुह्येश्वरी, भैरवथान, गोलढुङ्गा, रानीवन, ठूलो भ¥याङ, इचङ्गु, गैरीगाउँलगायतका क्षेत्र पर्दछन् ।

Visited 17 times, 1 visit(s) today
