
५ कार्तिक,काठमाडौं- आज एक कार्यक्रमका बोल्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन आवश्यक रहेको बताउनुभएको छ। केपी ओलीले संसद विघटनपछि लोकतान्त्रिक मूल्य मान्यताको रक्षा गर्न गठबन्धन आवश्यकता रहेको उहाँको भनाई छ।
गठबन्धनको उम्मेदवारलाई यो निर्वाचनमा जसरी पनि जिताउन गठबन्धनलाई भोट दिन उहाँले आग्रह गर्नुभयो। नेकपा एमालेले जसपासँग चुनावी गठबन्धन गर्न मिल्ने र हामीले लोकतन्त्र र संविधानको लागि किन गठबन्धन गर्न नमिल्ने बताउँदै उहाँले गठबन्धन आजको आवश्यकता रहेको बताउनुभयो।
