
०१ कार्तिक, काठमाडौँ -लमजुङ जिल्ला क्षेत्र नंम्बर क बाट नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै प्रदेशसभा सदस्यमा उम्मेदवारी दिनुभएका डां टंकराज गुरुङ चुनावी प्रचारमा व्यस्त रहनुभएको छ। आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै उहाँले जनताको दुखको साथी बन्दै जनताको हरेक समस्यालाई सम्बोधन गर्न आफू प्रतिवद्ध रहेको बताउँनुभयो।
विगतको जननिर्वाचित जनप्रतिनिधिले चुनावी घोषणापत्रलाई केवल घोषणाममा मात्र सिमित राखेको हुनाले एकपटक जनताको सेवा र विकास गर्ने अवसर प्रदान गर्नसमेत सबैलाई आग्रह गर्नुभयो।
