
३१ असोज, काठमाडौँ-आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र २ बाट उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीले उम्मेदवारी दिनुभएको छ iसंविधान र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षाका लागि निर्वाचन लड्न लागेको बताउनुहुँदै उहाँले आजको प्रतिग्रमनको विरुद्धमा क्रान्ति गर्दै मुलुकमा अग्रगमनलाई स्थापित गर्नका आफूले उम्मेदवारी दिएको बताउनुभयो।
विगतको समयमा भएको गल्ती कमी कमजोरीहरुबाट पाठ सिक्दै अबको पाँच बर्ष काठमाडौंको जनताका सेवाका बिताउन चाहेकाले हुनाले काठमाडौँ क्षेत्र नंम्बर २ बाट अत्यधिक बहुमत दिएर अवसर प्रदान गर्न क्षेत्र नंम्बर २ को मतदातालाई आग्रह गर्नुभएको छ।
संविधान र लोकतन्त्रको रक्षा गर्ने लक्ष्यका साथ बनेको वाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार भएकाले जनताले संविधान र लोकतन्त्रको रक्षाको लागि बहुमतको साथ विजय गराउन आग्रह गर्दै आफ्नो महत्वपूर्ण धारणा व्यक्त गर्नुभयो।
