
३१ असोज,काठमाडौँ क्षेत्र नंम्बर ६ बाट प्रेमसागर कर्माचार्यले प्रतिनिधिसभाको लागि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ। निर्वाचन अधिकृतको कार्यालयले स्वतन्त्र उम्मेदवार कर्माचार्यलाई घण्टाघर चुनाव चिन्ह प्रदान गरेको छ। रक्तदाता केन्द्रीय समाजको केन्द्रीय अध्यक्षसमेत रहनुभएका प्रेमसागर कर्माचार्यले मुलुक र जनताको सेवा गर्ने साझा उद्देश्यका साथ अघि बढेको धारणा राख्नुभयो।
यसैगरी पत्रकार सम्मेलन गर्दै उहाँले चुनावको लागि तयार गरेको ३६ बुँदे घोषणापत्र सार्वजनिक गर्दै अहिलेको मुलुकमा विद्यमान संघीयतालाई सेवामुखी काममा लगाउने धारणा व्यक्त गर्नुभयो। आफू क्षेत्र नंम्बर ६ को उम्मेदवार भएको हैसियतले क्षेत्र नंम्बर ६ को हकमा विकासका पूर्वाधार निर्माण र विशेषगरी युवा वर्गलाई सीपमूलक तालिम र रोजगारीको व्यवस्था गर्ने धारणा व्यक्त गर्नुभयो।
चुनावी घोषणापत्र केवल घोषणा गरिएर सकिने भएकाले समाधान पत्र लिएर जनताको माझ जाने र जनताको समस्या समाधानको सधैं साथी बन्ने धारणा व्यक्त गर्दै सही सूचना र सत्यतथ्य खवर सम्प्रेषण गर्न राज्यको चोथौं अंगको रुपमा रहेको सञ्चारजगतमा आवद्ध पत्रकारलाई आग्रह गर्नुभयो।
Visited 13 times, 1 visit(s) today
