Fast Nepal News

काठमाडौं क्षेत्र नम्बर ७ बाट स्वतन्त्र मनोनयन दर्ता गरेका युवा हेम बहादुर ढुङ्गेल आफ्ना चुनावी एजेण्डा सार्वजनिक

banner single news

काठमाडौ ।आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरु प्रचार प्रसारमा लागेका छन् । काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभाको लागि स्वतन्त्र मनोनयन दर्ता गरेका युवा हेम बहादुर ढुङ्गेल आफ्ना चुनावी एजेण्डा सार्वजनिक गरेका छन् ।

कलिलो उमेरमा चुनावी मैदानमा होमिएका ढुङ्गेल आफू निर्वाचित भएमा यश क्षेत्रमा रहेको १० वटै वडामा विकासमा सुरु भएका महत्त्वपूर्ण योजनाहरू अझै पनि केही अपूरा रहेकाले त्यी योजनालाई पूर्णता दिन ,युवाहरुलाई राजनीतिमा आकर्षण गर्नको लागि दण्डहीनता, कुशासन, भ्रष्टाचार र हरेक खालको अन्याय र अत्याचारको विरुद्धमा आफ्नो उम्मेदवारी रहेको बताएका छन ।

Inside Article Ads

राजनीतिक दलका नेतृत्वहरु देश र जनताभन्दा पनि सत्ता र स्वार्थमा मात्र बढी केन्द्रित रहेकोले अब उनीहरुबाट कुनै सम्भावना छैन’, उनले भने, ‘पार्टीको कार्यकर्ताका नाममा राजनीतिक दास नभई त्योभन्दा माथि उठेर मुलुक परिवर्तनका लागि केही गर्ने उपयुक्त समय आएकोले आफुले “छत्रेटोपी” चुनाव चिन्ह सहित मैदानमा आएको जानकारी दिए।

Visited 43 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.