Fast Nepal News

प्रभु साह निष्कासित,एमालेको रौतहट जिल्ला कमिटी विघटन

एमालेले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका स्थायी समिति सदस्य प्रभु साहमाथि पनि कारवाही गरेको छ

banner single news

२८ असोज, काठमाडौं । एमालेको मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादवले शुक्रबार एक विज्ञप्ति जारी गरी जिल्ला कमिटी अध्यक्ष त्रिभुवन साह लगायतका केही व्यक्तिहरु पार्टीविरोधी गतिविधिमा लागेकाले जिल्ला कमिटी विघटन गरेको बताएका छन् । नेकपा एमालेले रौतहट जिल्ला कमिटी विघटन गरेको हो ।

 

सह इन्चार्ज उद्धव रेग्मीलाई इन्चार्जको जिम्मेवारी दिइएको छ । पार्टी महासचिव शंकर पोखरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै साहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गरिएको उल्लेख गरेका छन् ।

Inside Article Ads

त्यस्तै प्रभु साहसँगै जिल्ला इज्चार्ज उपेन्द्र साह र सहइन्चार्ज कुन्दनप्रसाद कुशवानलाई पनि साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिएको उल्लेख गरिएको छ ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.