
२७ असोज, काठमाडौँ- आउदो मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नंम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका रञ्जु दर्शनालाई निर्वाचन आयोगले बुधबार सेलरोटी चुनाव चिन्ह प्रदान गरेको छ।
सेलरोटीको चाङ चुनाव चिन्ह पाएकोमा काठमाडौँ क्षेत्र नं ५ का स्वतन्त्र प्रतिनिधिसभा उम्मेदवार दर्शनाले खुसी व्यक्त गर्नुभएको छ। खानाका रूपमा सेलरोटी आफूलाई मनपरेको र आफ्नो मनसँग निकै नजिक रहेको बताउँदै उहाँले निर्वाचन आयोगले प्रदान गरिएको चुनाव चिन्हले आफ्नो मन हर्षित भएको उहाँको धारणा छ।
Visited 13 times, 1 visit(s) today
