
बसन्त थिङ्ग
२६ गते,काठमाडौँ -एमाले पार्टीबाट बागी उम्मेदवार बनेका प्रभु शाहले नेकपा एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओली र जसपा पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई गम्भीर आराेप लगाउनुभएकाे छ। एमाले अध्यक्ष ओलीले एक लाेकप्रिय अन्तर्वार्ता कार्यक्रममा बाेल्नुहुँदै प्रभु शाहले आफुलाई धाेका दिएकाे र राैतहट सँगै मधेश प्रदेशमा एमालेलाई खाली बनाउन षड्यन्त्र रचेकाे आराेप लगाउनुभयाे।यही आराेपलाई खण्डन गर्दै प्रभु शाहले पनि सार्वजनिक रूपमै ओलीकाे टिप्पणीकाे खण्डन गर्नुभएकाे हाे
। अन्तर्वार्ता आफ्नाे अमूल्य धारणा सार्वजनिक गर्नुहुँदै नेकपा एमालेका पूर्व नेता प्रभु शाहले र्ओलीले आफूप्रति लगाएकाे आराेप सबै झुठाे भएकाे बताउनुभयाे। नेकपा एमालेका अध्यक्ष ओलीले झुठकाे खेती राम्ररी गरेकाे बताउनुहुँदै अब त्याे झुठकाे खेती धेरै दिन नचल्ने बताँउनुभयाे।यसैगरी आफूप्रति लगाएका संदिग्ध गतिविधि गरेकाे प्रमाण देखाउन चुनाैती दिँदै ओलीले आफुसँग माफ माग्नुपर्ने जिकिर गर्नुभयाे । यसैगरी मधेश प्रदेश भ्रष्टाचारमा लिपत छ यसकाे कारण जसपा र यसकाे अध्यक्ष उपेन्द्र यादव हाे भनेर आराेप समेत लगाउनु भयाे ।

Visited 9 times, 1 visit(s) today
