
मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा मानुषी यमीले काठमाडौँ क्षेत्र नंम्बर ७ बाट उम्मेदवारी दिने घोषणा गरेकी छिन्।
नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीको सहमतिको अनुसार काठमाडौँ क्षेत्र नंम्बर ७ बाट हसिया हथौडा चुनावचिन्ह चिन्ह लिएर निर्वाचनमा सहभागी हुने घोषणा गरिएको छ।
यसैगरी आग्रामी निर्वाचनको लागि जनताको घरदैलोमा जाने समेत उनले घोषणा गरेकी छिन्। यसैगरी निर्वाचन नजिकिँदै जाँदा निर्वाचनको माहोल फेरि एकचोटि तातिएको छ।
