
साझा विवेकशील पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको वृहत्तर ध्रुविकरण पक्षधर समुह र राप्रपा पार्टी एकता सभा घोषणा भएलगत्तै राप्रपाका नवप्रवेशी रवीन्द्र मिश्रले प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।
भोली बानेश्वर बैक्वेटमा थापा गाउँमा दिउँसो १२.३० बजे पत्रकार सम्मेलन गरी आफूले उम्मेदवारी दिने निर्वाचन क्षेत्र बारे घोषणा गर्ने रवीन्द्र मिश्रको निजी सचिवालयले जनाएको छ।
राप्रपाको वरिष्ठ उपाध्यक्षले भोली पत्रकार सम्मेलन गरी कुन क्षेत्रबाट उम्मेदवारी घोषणा गर्छ त्यो जानकारी थाहा पाउन भने बाँकी नै छ।
