
मंसिर ४ गते हुने आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा टिकटमा समान अवसर नदिएको भन्दै नेपाली कांग्रेसका असन्तुष्ट पक्षले खबरदारी सभा पटक पटक सञ्चालन गर्ने भएका छन्।समानुपातिक उम्मेदवार सूची बुझाउँदा पनि शेखर-गगन पक्षलाई सभापति देउवा पक्षले ४० प्रतिशत नदिएको भन्दै शेखर पक्षका नेताहरूले असन्तुष्टी जनाएका हुन्।
कांग्रेस असन्तुष्ट पक्षले पार्टीमा समान अवसर नपाए आन्दोलन गर्ने समेत घोषणा गरेका छन्। पार्टीमा समान अवसरको लागि माग गरेको र समान अवसर नपाएको गुनासो गर्दै असन्तुष्ट पक्षले असोज १२ गते पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने र असोज १३ गते बत्तिसपुतलीमा चियापान तथा विरोध सभा गर्ने र असोज १४ भित्र समानुपातिक उम्मेदवारको सूची सच्याउन नेतृत्वसँग माग गर्ने शेखर कोइराला पक्षका असन्तुष्ट पक्षका नेताहरूको भनाई छ।
टिकट वितरणमा गुटका आधारमा पक्षपात गरेको भन्दै नुवाकोट कांग्रेसका निवर्तमान सभापति जगदीश्वरनरसिंह केसी, केन्द्रीय सदस्य प्रतिमा गौतम, अजयबाबु शिवाकोटी, मधु आचार्य, प्रकाश स्नेही, गुरूराज घिमिरे, रामनाथ अधिकारी, भूपेन्द्रजंग शाही, जितनारायण श्रेष्ठ, राजेन्द्र बगजाईंले यस विषयमा गम्भीर छलफलमा जुट्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।
‘असोज १४ गतेसम्म पनि समानुपातिक उम्मेदवार सूचीमा संशोधन गरी शेखर-गगन पक्षका नेताहरूलाई पनि स्थान दिने र यदि त्यस अवस्थाको सिर्जना भएन भने बागी पछि प्रत्यक्षमा उम्मेदवारी दिनेलगायत विषयमा छलफल गर्ने शेखर गुटका असन्तुष्ट पक्षको भनाई छ।
नेपाली कांग्रेस पार्टीमा शेखर-गगन गुटले गरेको निरन्तर खबरदारी र विद्रोहले हाल देउवा गुट र शेखर-गगन गुटबिच बिचलन आएको छ।
