Fast Nepal News

गांगाजमुना ७ बुढाथुममा बिद्यालयको बोर्ड हटाएर एमालेको बैठक, शिक्षकहरु पनि खुलेरै उपस्थीत  

banner single news

 

धादिङ जिल्ला गांगाजमुना गाँउपालिका फुलडाँडा बुढाथुम ७ गंगा जमुना मा नेकपा एमालेको वडा स्तरीय संगठन शद्धिकरण तथा सुद्धढीकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम एमालेले स्थानिय सरकार गाँउपालिका र वडाको अनुमति बिना जनजागृती विद्यालयमा आयोजना गरिएको थियो । बिद्यालयको बोर्ड हटाएर पार्टी कार्यालय स्कुलमा स्थापना गरएिको छ । कार्यक्रममा उपस्थिती स्थानिय शिक्षक हरुको पनि बाक्लै थियो वडा अध्यक्ष रविन अधिकारी लाई यस बिषयमा कुनै पनि जानकारी दिईएको थिइएन । उक्त समारोहमा वडा कमिटीका अध्यक्ष मोहन अधिकारी, अतिथि प्रदेश कमिटीका सदस्य सम्भु थापा, प्रदेश कमिटीका सदस्य उमेश थापा, जिल्ला कमिटीका सदस्य बल बहादुर अधिकारी, जिल्ला कमिटीका सदस्य बाबुराम न्यौपाने, गंगाजमुना गाउँ कमिटीका अध्यक्ष भक्त बहादुर लामिछाने को उपस्थिति रहेको थियो । श्री जनजागृती प्रा वि केही समय यता स्कुल सन्चालन मा थिएन । पार्टी को बैठकमा खुलेर उपस्थीत हुने शिक्षक शिक्षका हरुको नामसहित १ षडा नन्द रेग्मी २ नरेन्द्र दवाडी ३ देउती कंडेल ४ शंकर लाउपा मगर कार्यलय सहयोगी

Inside Article Ads
Visited 30 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.