Fast Nepal News

कोहि सांसद दशैभत्ता कुम्ल्याउदै कोहि बाड्दै

banner single news

माधब पौडेल । तनहु । चुनाव प्रचारको क्रममा आफु बिजयी भए आफुले पाउने तलब जिल्लाको बिकासमा लगाउने बाचा गरेका कृष्णकुमार श्रेष्ठ किसानले बिजयी भए पश्चात प्रत्येक महिना आफुले प्राप्त गरेको तलब विभिन्न संघसंस्था, आमासमुहलाई दिदै आउनुभएको थियो भने दशैमा प्राप्त गरेको रकम व्यास नगरपालिकाका विभिन्न स्थानमा रहेका मृर्गौला पिडितलाई दिनुभएको छ ।
आफुले प्राप्त गर्ने गरेको तलबभत्ता यसभन्दा अगाडि विभिन्न संघसंस्थाहरुलाई दिईरहेको भएपनि दशै मान्न सजिलो होस् भनेर यसपटक मृर्गौला रोगीलाई दिएको सांसद श्रेष्ठले बताउनुभयो । संसद सचिवालयले उपलब्ध गराएको ६४ हजार वहाँले जनही १६। १६ हजारका दरले व्यास नगरपालिका १ का अमृत बहादुर खत्री, व्यास नगरपालिका वडा नं. ४ का अब्दुल गफ्फार मियाँ , व्यास नगरपालिका वडा नं. १२ का अनुप क्षेत्री, व्यास नगरपालिका वडा नं. १४ का सन्तोष रानालाई दिनुभएको छ । कोरोना भाईरसको महामारीले बिश्वलाई नै त्रसित बनाईरहेको बेला दशैमा संसदहरुले दशै पेश्की स्वरुप बुझेपछि जताततैबाट असन्तुष्टिका स्वरहरु सुनिएका थिए यस्तोमा सधै आफ्नो तलब भत्ता सामाजिक काममा दान दिने सांसद श्रेष्ठले यसपटक आफ्नो तलबभत्ता मृर्गौला रोगीलाई सहयोग गर्नुलाई धेरैले राम्रो कार्यको रुपमा प्रशंसा गरिरहेका छन् र सांसद तथा सरकारी कोषबाट दशै पेश्की बुझ्नेहरुलाई यस्ता कार्यको अनुशरण गर्न आग्रह गरेका छन् ।

Inside Article Ads
Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.