
प्रकाश कपाली, लमजुङ,आसन्न स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै भएको निर्वाचनको मतगणना गर्दा राइनास नगरपालिकामा लोकतान्त्रिक गठबन्धन विजयी भएको छ।
राइनास नगरपालिकाको नवनिर्वाचित प्रमुखमा नेपाली काङ्ग्रेसबाट प्रतिनिधित्व गर्दै मेयरको उम्मेदवार हुनुभएका खड्ग बहादुर गुरुङ नवनिर्वाचित हुनुभएको छ। यसैगरी नेकपा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्दै उम्मेदवार हुनुभएका पुष्पराज खनाल नवनिर्वाचित हुनुभएको छ।
राइनास नगरपालिका वडा नं १ मा नेकपा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्दै वडा अध्यक्षको पदमा उम्मेदवारी दिनुभएका विष्णु पौडेल वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ।
राइनास नगरपालिका वडा नं २ मा नेकपा एमालेबाट प्रतिनिधित्व गर्दै वडा अध्यक्ष पदमा उम्मेदवार दिनुभएका लक्ष्यमण शाही वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ।
राइनास नगरपालिका वडा नं ३ मा स्वतन्त्र प्यानलको प्रतिनिधित्व गर्दै वडा अध्यक्षको पदमा उम्मेदवारी दिनुभएका देउबहादुर पौडेल वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ।
राइनास नगरपालिका वडा नं ४ मा नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै वडा अध्यक्षको पदमा उम्मेदवारी दिनुभएका बलराम पराजुली वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ।
राइनास नगरपालिका वडा नं ५ मा नेकपा माओवादी केन्द्रको प्रतिनिधित्व गर्दै वडा अध्यक्षको पदमा उम्मेदवारी दिनुभएका शंख बहादुर सार्की वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ।
राइनास नगरपालिका वडा नं ६ मा नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिनुभएका गोविन्द चितुवाल वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ।
राइनास नगरपालिका वडा नं ७ मा नेकपा माओवादी केन्द्रको प्रतिनिधित्व गर्दै वडा अध्यक्षको पदमा उम्मेदवारी दिनुभएका मोहनलाल श्रेष्ठ वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ।
राइनास नगरपालिका वडा नं ८ मा नेकपा एमालेको प्रतिनिधित्व गर्दै वडा अध्यक्षको पदमा उम्मेदवारी दिनुभएका कृष्ण बहादुर राणाभाट वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ।
राइनास नगरपालिका वडा नं ९ मा नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै वडा अध्यक्षको उम्मेदवारी दिनुभएका लिलेन्द्र गुरुङ वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ।
यसैगरी राइनास नगरपालिका वडा नं १० मा नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै वडा अध्यक्षको पदमा उम्मेदवारी दिनुभएका लक्ष्यमण गुरुङ वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ।
यसैगरी नेकपा माओवादी केन्द्रले वडा नं १, ५, ७ गरी ३ वडामा वडा अध्यक्षमा विजयी हुन सफल भएको छ। यसैगरी नेपाली काङ्ग्रेसले वडा नं ४,६,९ ,१० गरी ४ वडामा वडा अध्यक्षमा विजयी हुन सफल भएको छ।
यसैगरी नेकपा एमाले वाट वडा नं २,८ स्वतन्त्र प्यानलका उम्मेदवार वडा नं ३ मा वडा अध्यक्षमा विजयी हुन सफल भएको छ।
