
प्रकाश कपाली।
राइनास नगरपालिकामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु जनताको घरदैलोमा गई चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरिसकेका छन्।
राइनास नगरपालिका बाट लोकतान्त्रिक गठबन्धनबाट खडग गुरुङले मेयरको पदमा उम्मेदवारी रूपमा गठबन्धनले खडा गरेको थियो। यसैगरी उपमेयरको उम्मेदवारको रुपमा पुष्पराज खनाललाई गठबन्धनले खडा गरेको थियो। नेपाली कांग्रेसले मेयरको उम्मेदवार खडा गरेको थियो भने नेकपा माओवादी केन्द्रले उपमेयरको उम्मेदवार खडा गरेको थियो।
लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले आफ्नो स्थानीय क्षेत्रमा रहेको समस्यालाई सम्बोधन गर्दै जनताको इच्छा अनुसारको काम गर्ने प्रतिबद्धता जनाएका छन्।
चुनाबी तालमेलमा रहेका लोकतान्त्रिक गठबन्धनले ७ वटा वडामा नेपाली कांग्रेसको तर्फबाट ७ जना प्रतिनिधिहरुलाई वडा अध्यक्षको पदको उम्मेदवारमा स्थानीय तहको निर्वाचनका लागि खडा गरेको थियो भने ३ वटा वडामा नेकपा माओवादी केन्द्रका प्रतिनिधिहरुलाई वडा अध्यक्षको उम्मेदवारको रुपमा खडा गरेको थियो।
लोकतान्त्रिक गठबन्धन बाट मेयरको उम्मेदवारको रुपमा रहनुभएका खडग गुरुङले आफू जनताको
शासक नभई जनताको सेवकको रुपमा काम गर्न आफूले मेयर पदमा उम्मेदवारी दिएको बताउनुभएको छ।
यसैगरी राइनास नगरपालिका विभिन्न वडाबाट वडा अध्यक्षको रुपमा उम्मेदवारी दिनुभएका उम्मेदवारहरुले शिक्षा स्वास्थ्य ,कृषि पर्यटन, सडक विस्तार, स्वच्छ खानेपानी आदि विषयलाई प्राथमिकता दिई जनताको हकहितमा काम गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
लोकतान्त्रिक गठबन्धन का उम्मेदवारहरु बीच भएको सहयोग सहकार्य र तालमेलले राइनास नगरपालिकामा स्थानीय निर्वाचनको माहोल तातिएको छ।
