Fast Nepal News

टोखा नगरपालिका मेयर पदको उम्मेदवार रजनी थापा चुनावी दौडमा

banner single news

 

प्रकाश कपाली।

आसन्न स्थानीय तहको निर्वाचनमा टोखा नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधित्व गर्दै रजनी थापाले टोखा नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिनुभएको छ।

आफ्नो उम्मेदवारी विकास र उन्नतिको लागि रहेको बताउँदै आफ्नो स्थानीय क्षेत्रमा आग्रामी दिनमा जनताको हकहितको लागि रहेको बताउँदै हाम्रो टोखा राम्रो टोखा बनाउने अभियान र नारा लिएर अघि बढेको बताउनुभयो।

Inside Article Ads

टोखा नगरपालिकामा बाटो, बत्ती,ढल, स्वच्छ खानेपानीको समस्या रहेको बताउँदै आफू निर्वाचित भएमा आफ्नो नगर क्षेत्रमा रहेको समस्या सम्बोधन गर्दै जनताको हक हित र विकासमा अघि बढ्ने एजेण्डा सहित आफू जनताको घरदैलोमा पुगी जनतासामु आफ्नो प्रतिबद्धता जाहेर गरेको बताउनुभयो।

यसैगरी मेयरको उम्मेदवार थापाले पूर्वाधार विकास, मानसिक विकासमा परिवर्तन ल्याउन आफूले महत्वपूर्ण कदम चाल्ने विषयमा आफ्नो धारणा व्यक्त गर्नुभयो।

Visited 97 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.