
भ्रष्टाचारमुक्त समाज, दिगाे विकास, सुशासन र जनतासङ्गकाे सहकार्यमा विकासको निर्माण आफ्नो लक्ष्य भएको राईनास नगरपालिकाका मेयर पदका उम्मेदवार खड्ग गुरुङ बताउनुहुन्छ । उहाँ अगाडि थप्नुहुन्छ,”म शासक हैन जनताकाे सुखदुखकाे साथी बन्न आएको हुँ।”
कृषि,यातायात,शिक्षा,स्वास्थ्य लगायतका क्षेत्रमा राईनासका जनताले भोग्दै आएका कठिनाईलाई सम्बोधन गर्नु आफ्नो प्रमुख एजेन्डा रहेको खड्ग गुरुङ बताउनुहुन्छ।आफुले मतदातालाई निराश नपार्ने र महिला,बालबालिका,युवा र ज्येष्ठ नागरिक लक्षित कार्यक्रमहरु तर्जुमा गर्दै राईनासलाई नमुना नगरपालिकाको रुपमा देशभर चिनाउने बताउनुभयो।
मेयर पदमा तपाईको उम्मेदवारी किन भन्ने हाम्रो प्रश्नमा खड्ग गुरुङको उत्तर:
१) जनतासङ्ग मिलेर निस्पक्ष काम गर्नकाे लागि
२) सामुदायिक विधालयलाई नमुना विधालय बनाउनलाई
३) वार्षिक बजेट जनतासङ्ग सहकार्य गरि निस्पक्ष भष्ट्राचार रहित काम गर्नकाे ल
४) सुन्दर स्वच्छ सुशासन सहितकाे नगर निर्माण गर्नका लागि
५) उपेक्षित ठाउँहरुलाई पहिलाे प्राथमिकतामा राखि बिकास गर्नका लागि
६) बुढापाका अग्रजहरुकाे लागि धर्मिक ठाउँ निर्माण गर्नका लागि
७) युवा जमातलाई स्वदेशमै सीप सहित आफ्नै देशमा काम सम्भव छ भनी उर्जा बढाउनका लागि
