
प्रकाश कपाली।लमजुङ ,बि.स. २०६४ साल १६ वर्षको उमेरदेखि नेपाली कांग्रेस पार्टीबाट लामो समय राजनीतिमा सक्रिय रहनुभएका नेपाली कांग्रेस वडा नं २ को सभापति नवराज गुरुङले राईनास नगरपालिका वडा नं २ मा वडा अध्यक्षको पदमा उम्मेदवारी दिनुभएको छ।
समाजसेवा र राजनीति दुवैमा सक्रिय रहनुभएका हुनाले जनताको हकहित र बिकासको लागि विगतका दिनहरु महत्वपूर्ण कदम चाल्नुभएको गुरुङले बताउनु भएको छ।
बिगतका दिनहरुमा ३ करोडको स्वास्थ्यचौकी र एम्बुलेन्स सेवाको लागि आफूले सम्बन्धित निकायमा पहल गरी महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै जनताको हकअधिकार र स्थानीय क्षेत्रको विकासका लागि आफुले उम्मेदवारी दिएको बताउनुभएको छ।
स्थानीय क्षेत्रमा भएको समस्याको सम्बोधन गर्दै कृषिमा आधुनिकीकरण, सडक विस्तार, विद्यालय निर्माण, अस्पतालको निर्माण गर्नुपर्ने बताउनुहुदै आगामी दिनहरुमा आफू नेतृत्वमा आएमा घरदैलो अभियान मार्फत जनताको समस्या सम्बोधन गर्ने विषयमा प्रतिबद्धता व्यक्त गर्नुभएको पनि उहाँले बताउनुभयो।
इमान्दारिता र पारदर्शिता नै आजको महत्वपूर्ण विषय हो भने औंल्याउँदै आफ्ना महत्त्वपूर्ण धारणा व्यक्त गर्नुभयो।
