
प्रकाश कपाली। लमजुङ मध्यनेपाल नगरपालिका वडा नं १ का वडा अध्यक्ष विजयराज पौडेलले लोकतान्त्रिक गठबन्धनको तर्फबाट वडा अध्यक्षको पदमा उम्मेदवारी दिनुभएको छ।
२०५८ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील हुँदै लामो समयदेखि लागिरहनुभएका पौडेलले जनताको हक हित र ग्रामीण क्षेत्रको विकासका लागि आफूले वडा अध्यक्षको पदमा उम्मेदवारी दिएको बताउनुभएको छ।
चुनावी प्रचारको क्रममा जनताको चाहनाअनुरुप नगरपालिकाको निति नियम पालना गरी जनतासँग आपसी सहयोग र सहकार्य गरी अघि बढ्ने प्रतिवद्धता जनाएको पनि उहाँले बताउनुभएको छ।
आफ्नो स्थानीय तहको समस्यालाई बुझी कृषिमा आधुनिकरण, पिडित शोषित व्यक्तिहरुको सामाजिक स्तर उकास्न जनचेतनामूलक अभियान सञ्चालन गर्ने, राज्यले प्रदान गरेको स्वायत्त अधिकार प्रयोग गरी स्थानीय तहको प्रशासनिक कार्यलाई प्रभावकारी रुपले सञ्चालन गर्न आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि उहाँले बताउनुभयो।
मध्यनेपाल नगरपालिका वडा नं १ जिता नगरपालिकामा जनताको बहुमत पाएर आफू निर्वाचित हुने धारणा प्रस्तुत गर्नुभयो।
