Fast Nepal News

राईनास नगरपालिका वडा नं १० का अध्यक्ष पदका उम्मेदवार लक्ष्मण गुरुङको प्रतिबद्धता

banner single news

प्रकाश कपाली, लमजुङ २२, आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै लोकतान्त्रिक गठबन्धनको तर्फबाट संयुक्त रुपमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्दै उम्मेदवारी दिनुभएका राईनास नगरपालिका वडा नं १० का वडा अध्यक्षका उम्मेदवार चुनावी प्रचारप्रसारमा जनताको घरदैलोमा पुग्नुभएको छ।

पशुपति बहुमुखी क्याम्पस बाट राजनीतिको यात्रा शुभारम्भ गरी नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय भएर लाग्नुभएका लक्ष्मण गुरुङ लामो समयदेखि प्यारजुङ गा.वि.स नेपाल तरुण दलको अध्यक्ष र वडा सभापतिको भूमिका निर्वाह गर्दै सक्रिय राजनीतिमा रहनुभएका उहाँले राईनास नगरपालिका वडा नं मा वडाअध्यक्षको पदमा उम्मेदवारी दिँदै युवा नेतृत्वको पहिचान दिलाउन सफल हुनुभएको छ।

चुनावमा आफ्ना महत्वपूर्ण प्रतिबद्धतापत्र जनताको घरदैलोमा माझ पुर्याउँदै आगामी दिनहरुमा आफ्नो क्षेत्रको विकासमा महत्वपूर्ण कदम चाल्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ।

आसन्न स्थानीय तहको निर्वाचनमा राईनास नगरपालिका वडा नं १० मा उम्मेदवारी दिनुभएका वडा अध्यक्षको उम्मेदवारले चुनावी प्रचारप्रसारमा जनताका सामु स्थानीय तहको विकासका लागि आफू निर्वाचित भएपछि स्थानीय तहको विकासकालागि आफूले गर्ने कामको बारे स्पष्ट पार्दै प्रतिबद्धतापत्र जाहेर गर्नुभएको छ।

Inside Article Ads

प्रतिबद्धता पत्र जाहेर गर्दै उहाँले राईनास नगरपालिका वडा नं १० भित्र रहेका प्राकृतिक सम्पदाको संरक्षण गर्दै किसानलाइ चाहिने बीउ बिजन र मलहरु उपलब्ध गराउने विषयमा आवश्यक कदम चाल्ने विषयमा आफ्नो प्रतिबद्धता जाहेर गर्नुभएको छ।

यसैगरी विभिन्न वर्गलाई लक्षित गर्दै सांस्कृतिक जागृत गर्न तयार रहेको र विशेषगरी दलित समुदायले लक्षित गर्दै वडाको बजेटबाट पहिलो चरणमा नरसिंह बाजा र सहनाई वितरणमा सम्बन्धित निकाय सामु पहल गर्ने विषयमा प्रतिबद्धतापत्र जाहेर गर्नुभएको छ।

निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने र वडाबासीको इच्छाअनुसार वा प्रसासन सञ्चालन गरी स्थानीय तहमा जनसहभागितामा वृद्धि गरी राईनास नगरपालिका वडा नं १० लाई उत्कृष्ट नगरपालिका बनाउने सपना साकार गर्नेतर्फ अग्रसर हुने विषयलाई उल्लेख गर्नुहुँदै प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ।

Visited 25 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.