Fast Nepal News

राईनास नगरपालिका वडा नं १० को वडाध्यक्ष पदका उम्मेदवार लक्ष्मण गुरुङ

banner single news

 

प्रकाश कपाली

लमजुङ  , पशुपति बहुमुखी क्याम्पस बाट राजनीतिको यात्रा शुभारम्भ गरी नेपाल विद्यार्थी सघंको राजनीतिमा सक्रिय भएर लाग्नुभएका लक्ष्मण गुरुङले आशन्न स्थानीय तहको निर्वाचनमा राईनास नगरपालिका वडा नं १० मा वडा अध्यक्षकाे पदमा उम्मेदवारीदिनुभएको छ।

लामो समयदेखि आफू साबिक प्यारजुङ गा.वि.स नेपाल तरुण दलको अध्यक्षको भूमिका निर्वाह गर्नुभएका उहाँले जनताको मनोभाबलाई बुझेर आफुले उम्मेदवारी दर्ता गराएको बताउनुभएको छ।

Inside Article Ads

आफ्नो स्थानीय तहमा रहेका समस्या समाधान गर्ने विषयमा विशेष ध्यान दिँदै आफू वडाध्यक्षमा निर्वाचित भएमा आफू निर्वाचित भएको स्थानीय तहमा स्वरोजगार मुलक कार्यक्रम सृजना गर्ने, एक घर एक धारा अभियान सञ्चालन गर्ने, जनताको मनोभाबलाई बुझि स्थानीय निकायका प्रशासनिक कार्यहरुलाई प्रभावकारी रुपले अघि बढाउने विषयमा आफ्नो प्रतिबद्धता जाहेर गर्नुभएको छ।

राईनास नगरपालिकामा आफ्नो उम्मेदवारी जनताको हकहित र आफ्नो क्षेत्रको विकासको लागि भएको नेपाली कांग्रेसका पार्टीका तर्फबाट राईनास गाउँपालिकाको वडाध्यक्षको पदको उम्मेदवार लक्ष्मण गुरुङले बताउनुभएको छ।

Visited 34 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.