
सरकारले निजामती कर्मचारी युनियनको निर्वाचन रोक्न गरेको हर्कतको नेपाली कांग्रेस श्रमिक तथा ट्रेड युनियन केन्द्रीय बिभागले घोर भत्सर्ना गरेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं बिभाग प्रमुख शिब हुमागाईद्वारा जारी प्रेस बिज्ञप्तीमा भनिएको छ -“संविधानको धारा१७ बमोजिम संघ सस्था खोल्ने अधिकार सरकारले कुन्ठित गर्ने दुस्प्रयास गरेको छ ।” बिभागको आज बसेको आकस्मिक बैठकले तोकिएको मितिमै चुनाव गराउन सरकार सङ जोडदार माग गरेको छ ।