Fast Nepal News

दलहरुबीच सहकार्य र मेलमिलाप चाहिन्छ : सरोज तामाङ (लिला)

banner single news

नेपाली कांग्रेसका राइनस तरुणदल सभापति तथा प्रदेश अधिवेशन प्रतिनिधि सरोज तामाङ ले संविधान कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि दलहरुबीच सहकार्य र मेलमिलापमा जोड दिएका छन्।


राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको शुभकामना दिँदै उनले संविधान कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि दलहरुबीच सहकार्य र मेलमिलापमा जोड दिएका हुन्।

‘हामीले बनाएको संविधानको सफल कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि संविधानका पक्षधर राजनीतिक शक्ति बीचको सहकार्य र मेलमिलाप आजको आवश्यकता हो,’ तामाङ ले बताए |

सुदृढ र एकतावद्ध कांग्रेसले मात्र उक्त आवश्यकताअनुरुपको जिम्मेवारी पूरा गर्न सक्ने उनको भनाइ छ।

‘नेपाली कांग्रेसको भर्खरै सम्पन्न महाधिवेशनका क्रममा दुखेका मनहरूलाई टाल्दै पार्टीभित्र एकतावद्ध रुपमा नयाँ ऊर्जाका साथ त्यो कार्यभार पूरा गर्नु पर्नेछ,’सभापति तामाङ ले भनेका छन्।

Inside Article Ads

२०३३ साल पुस १६ गते निर्वासित जीवन त्याग्दै कांग्रेसका संस्थापन नेता बीपी कोइराला मेलमिलापको नीति अंगालेर स्वदेश फर्किएका थिए।

त्यही दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष पुस १६ लाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ।

आफूमाथि लगाइएको राजकाजको मुद्दा बेवास्ता गर्दै मेलमिलापको नीति लिएर स्वदेश फर्किएकै दिन तत्कालीन सरकारले बीपीलाई गणेशनमा सिंह, शैलैजा आचार्य, खुमबहादुर खड्कालगायतका नेताहरुका साथ पक्राउ गरेको थियो।

त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट पक्राउ गरिएका नेताहरुलाई तत्कालीन सरकारले सुन्दरीजल बन्दीगृह लगेर थुनेको थियो।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.