Fast Nepal News

नेकपामा मन्त्री बन्न खिचातानी

banner single news

काठमाडौँ — आश्विन ४, २०७७।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद सुल्झेसँगै मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य सुरु भएको छ। पार्टीभित्रको आन्तरिक विवाद साम्य पार्न र नेताहरुलाई सन्तुलनमा राख्न मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य हुन थालेको हो।

आइतबार बिहान बस्ने सचिवालय बैठकमा यही विषयले प्राथमिकता पाउने भएको छ। पार्टीको समस्या समाधानका लागि गठित ६ सदस्यीय कार्यदलले पनि सरकारलाई प्रभावकारी बनाउन मन्त्रिमण्डल हेरफेर गर्नुपर्ने सुझाव दिएसँगै भदौ २६ मा सम्पन्न स्थायी कमिटी बैठकले त्यसलाई अनुमोदन गरेको थियो।

स्थायी कमिटीका निर्णय कार्यान्वयन गर्ने क्रममा पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच यो विषयमा सामान्य छलफल भइसकेको भए पनि सचिवालय बैठकमा सहमतिसाथ निर्णय गर्ने जनाइएको छ। ‘कोको मन्त्री बनाउने भन्दा पनि सचिवालय बैठकमा सैद्धान्तिक छलफल हुन्छ, सरकारमा रहेका मन्त्रीहरुलाई काममा बाधा पुग्नेगरी मन्त्रिपरिषद् पुनर्गठनको हल्ला गर्नुहुँदैन। प्रधानमन्त्रीले कार्यान्वयन गर्ने भएकाले आइतबारको सचिवालय बैठकमा सैद्धान्तिक विषयमा मात्रै छलफल हुने हो’, नेकपा उच्च स्रोतले भन्यो।

Inside Article Ads

सचिवालय सदस्यमध्ये पूर्वप्रधानमन्त्रीबाहेक तीनजना मन्त्री हुन बाँकी रहेकाले उनीहरुलाई पनि सरकारमा लगेर सरकारको कामको जिम्मा दिँदा उपयुक्त हुने सुझाव रहेका कारण उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेललाई मन्त्री बनाउने कि पार्टी काममै खटाउने भन्नेबारेमा पनि छलफल हुने बताइएको छ। अहिले सरकारमा रहेका सचिवालय सदस्यहरुमध्ये उपप्रधानमन्त्री ईश्वर पोखरेलको भूमिका परिवर्तन गरी उनको स्थानमा अन्य नेतामध्येबाट मन्त्री बनाउने कि भन्नेबारे पनि छलफल हुने स्रोतको दाबी छ।

अहिले सचिवालय सदस्यमध्ये ओली प्रधानमन्त्री, रामबहादुर थापा गृहमन्त्री र पोखरेल रक्षामन्त्री छन्। रक्षामन्त्रीको भूमिकालाई लिएर बाहिर असन्तुष्टि देखिएको छ। सेना पनि सन्तुष्ट नरहेका कारण उनको भूमिका परिवर्तन गर्ने सोचमा प्रधानमन्त्री रहेको स्रोतको दाबी रहेको आजको नागरिक दैनिकमा खवर छ ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.